अभियान लघुवित्त अभियान लघुवित्त वित्तिय संस्थाको नोक्सानी २ करोड ८३ लाख ५८ हजार रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा अभियान लघुवित्त नोक्सानीमा पुगेको छ । यस अवधिमा यसले २ करोड ८३ लाख ५८ हजार रुपैयाँ नोक्सानी व्यहोर्न परेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ४०.९९% ले घटेर १ करोड १२ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ८९ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
यसअवधिमा सञ्चालन नोक्सानी पनि बढेको छ । अघिल्लो वर्ष १ करोड ७१ लाख १० हजार रुपैयाँ रहेको सञ्चालन नोक्सानी यो वर्ष २ करोड ८३ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ । खराब कर्जा २.६९% ले बढेर ६.८८% पुगेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा छ ।
५ मंसिर २०८०, मंगलवार ०८:३१ बजे प्रकाशित