citizens life insurance long ad
stcnepal long ad
national life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा बढ्यो

Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ६८.०९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ११६.१० प्रतिशतले बढेको छ ।

यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ४ करोड ८२ लाख रुपैयाँबाट बढेर १० करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ ।

कम्पनीको कुल दावी भुक्तानी ४४ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत वर्ष १७ करोड ७६ लाख रुपैयाँ थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

यसको रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । आइजीआई प्रुडेन्सियलको ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियाबलिटिज् (बिमा कोष) मा ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

असोजसम्म यसले २२ करोड ५२ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १२५.०४ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले १० करोड १ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ २ पैसा रहेको छ ।

himalayan life insurance
igi long