citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

ग्रामीण विकास लघुवित्तका सबै कर्मचारीहरूको कोरोना बीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थाका सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा समेत बढ्दै गइरहेको अवस्थामा कर्मचारीहरुमा उक्त संक्रमणका कारण उत्पन्न हुने आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्न बीमा गरिएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार प्रत्येक कर्मचारीको १ लाख रुपैयाँ बरावरको जोखिम सुरक्षा हुने गरी कोरोना बीमा गरिएको हो । उक्त बीमा कम्पनीले राष्ट्रिय बीमा कम्पनीसँग  गरेको समेत जानकारी दिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बीमा कम्पनीहरुको दायित्व बढ्ने भएपछि शुक्रबारदेखि नयाँ कोरोना बीमा लेख जारी नहुने भएको छ । ग्रामिण विकास लघुवित्तले अगाडीनै कोरोना बीमा गरेकाले यसले भने मान्यता पाउने छ ।

gold
kumari bank