stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घुस सहित वन उपभोक्ता समूहका कोषाध्यक्ष पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

सिन्धुली । सिन्धुलीका दुई वटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित नियन्त्रणमा लिएको छ ।

जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समूहका कोषाध्यक्ष मीनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समूहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीन पाटन गाउँपालिका १० स्थित दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

दुवै समूहका कोषाध्यक्षले तीन पाटन गाउँपालिका १० मा सेवाग्राहीले सञ्चालन गरेको एक कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको ९ मा लैजान दिने भनी तीन लाख ३० हजार पाँच सय रुपैयाँ रकम लिएका थिए ।

सूचनाका अधारमा इलाका प्रहरी कार्यालय डकाहाको टोलीले तीन पाटन गाउँपालिका १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट घुस रकम सहित घोले र रानालाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको प्रवक्ता कोइरालाले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

prabhu mahalaxmi
kumari