नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार नौ सय १२ पुग्यो
आर्थिक सञ्जाल
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
विभिन्न अस्पतालमा गरी ४३ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या ३ सय ३३ पुगेको छ । क्वारेन्टिन १ लाख ६६ हजार ७ सय ६५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ५ सय ६८ जना रहेका छन् ।
विभिन्न अस्पतालमा गरी ४३ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या ३ सय ३३ पुगेको छ । क्वारेन्टिन १ लाख ६६ हजार ७ सय ६५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ५ सय ६८ जना रहेका छन् ।
हालसम्म ६८ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै आरडीटीबाट १ लाख ३२ हजार ९ सय ६६ जनाको परीक्षण गरिएको छ ।
