stcnepal long ad
nabil bank
macchha(MBL)

आईतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

prabhu mahalaxmi
kumari