stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङकी सिईओ उर्मिला श्रेष्ठ सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । साल्ट ट्रेडिङकी सिईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन संघको ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरुबाट उनलाई सम्मान गरिएको हो ।

संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर’ उर्मिला श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत९सिईओ० रहेर कार्य गरिरहेकी छिन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरण मार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।

prabhu mahalaxmi
kumari