citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सानोदेखि ठूलो परिवारलाई समेत धान्ने सीजी सोलार वाटर हिटरहरू नेपाली बजारमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जाडो बढेसँगै सीजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितका सीजी सोलार वाटर हिटरहरू नेपाली बजारमा ल्याएको छ । कम्पनीले सानो परिवार, मध्यम परिवार, ठूलो परिवार र व्यावसायिक  रूपमा प्रयोग सकिने  क्षमताका  सोलार वाटर  हिटरहरू  बजारमा  ल्याएको  जनाएको छ ।

यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा(दक्ष बनाउने कम्पनीले जनाएको छ ।

५ वर्षको ग्यारेन्टीसहित बजारमा ल्याइएका यी सोलार वाटर हिटरहरूको माग बजारमा बढेको सीजी इलेक्ट्रोनिक्सको भनाइ छ ।

यस सौर्य गिजरमा इभ्याकुएटेड ट्युब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ, जसले सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउँछ ।

ऊर्जा बचतमा योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ, जसले ग्राहकहरूको आर्थिक बचत मात्र होइन, वातावरणीय जिम्मेवारी वहन गर्नमा समेत सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

सीजी सोलार वाटर हिटर विभिन्न क्षमता (१५ ट्युबदेखि ३६ ट्युबसम्म)मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १५–२० ट्युब गिजर साना परिवारहरूका लागि, २४(३० ट्युब गिजर मध्यम परिवारका लागि र ३६ ट्युब गिजर ठूलो परिवार वा व्यवसायिक प्रयोगका लागि उपयुक्त छन् ।

यसमा एन्टी–कोरोसन कोटिङ र मौसम प्रतिरोधी डिजाइन रहेकाले यो सोलार वाटर हिटर सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो रहेको कम्पनीको दाबी छ । साथै, यसको प्रयोगकर्ता(मैत्री डिजाइनले गिजरको सजिलो स्थापना र मर्मत सुनिश्चित गरेको छ।

जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने सीजी सोलार वाटर हिटरहरू नेपालभरका सीजी इलेक्ट्रोनिक्स शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

gold
himalayan life insurance long ad