नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ३३ सय २७ रुपैयाँलाई आधार मानेर सपोर्टको भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो ।
मूल्य समायोजन पश्चात यसको सेयर भाउ २९ सय २४.१९ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर अब आइतबार यसको कारोबार खुला हुनेछ ।
यता, फरवार्ड लघुवित्तको पनि १३.३ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १५ सय ३२ रुपैयाँलाई आधार मानेर फरवार्डको भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो ।
मूल्य समायोजन पश्चात यसको सेयर भाउ १३ सय ५२.१६ रुपैयाँ कायम भएको छ । अब सोही भाउलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।