citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सुश्री सनम मुलगुठीसँग सहकार्य गरेको छ ।

राष्ट्रिय प्रेरणाको स्रोत तथा १५औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले आफ्नो अतुलनीय समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने अपेक्षा गरिएको छ ।

नेपालको विद्युतीय उत्पादन क्षेत्रमा विश्वास, नवीनता र शक्तिको पर्याय बनेको लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडीबिल्डिङको क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्ने सनमसँग हात मिलाउँदै सम्पूर्ण नेपालीलाई व्यक्तिगत विकास र सबल र उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ । यो सहकार्य दृढता र प्रगतिको लागि समर्पित दुई शक्तिहरूको एकता पनि हो ।

सहकार्यबारे बोल्दै, लिट्मस इन्डस्ट्रीजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भन्नुभयो, “सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन् ।

उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो— लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन् ।”

आफ्ना उपलब्धिहरूबाट धेरैलाई प्रेरित गर्दै आइरहेकी सनमले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, “लिट्मस इन्डस्ट्रीजसँग सहकार्य गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । यो सहकार्यले मलाई विश्वास दिलाउँछ कि बल, विश्वास र दृढताको साथ, हामी ठूला उपलब्धिहरू हासिल गर्न सक्छौं । म अझ धेरैलाई ठूलो सपना देख्न र आफ्नो क्षमतामा विश्वास गर्न प्रेरित गर्न उत्सुक छु, जसरी लिट्मस केबल्सले नेपालको विद्युतीकरण र विकासलाई ऊर्जा प्रदान गरिरहेको छ ।”

सुश्री सनम मुलगुठीका हालैका उपलब्धिहरूः
१. १५ औं वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ मा रजत पदक,
२. नेपालमा आयोजित ५५ औं एशियन बडीबिल्डिङ च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक,

लिट्मस इन्डस्ट्रीज लिमिटेडको बारेमाः
लिट्मस इन्डस्ट्रीज लिमिटेड नेपालकै प्रमुख उच्च–गुणस्तरीय तार, केबल तथा कन्डक्टर उत्पादक हो, जसले गुणस्तर, सुरक्षा, नवीनता र भरपर्दो सेवामा आफ्नो प्रतिबद्धता पुरा गर्दै आइरहेकोे छ ।

नेपालको प्रगतिलाई ऊर्जा प्रदान गर्ने लक्ष्यका साथ, लिट्मसले विश्वस्तरको मापदण्ड पुरा गर्ने उन्नत विद्युतीय समाधान प्रदान गर्दछ । लिट्मस केबल्स विद्युतीकरणको विकासमा योगदान पु¥याउँदै देशलाई सशक्त र आत्मनिर्भर बनाउन प्रयासरत छ ।

gold
himalayan life insurance long ad