citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

यो साता विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । यो साता विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेको छ । अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा मूल्यमा चाप परेको विश्लेषकहरुले तर्क गरेका छन् ।

आइतबार प्रति १० ग्राम १ लाख १८ हजार ६५५ रुपैयाँ रहेको सुनको भाउ बिहीबार हालसम्मकै उच्च रेटमा पुगेको थियो । त्यस दिन प्रति १० ग्राम सुनको भाउ १ लाख २० हजार ३० रुपैयाँ थियो । यता, शुक्रबार भने भाउ घटेर प्रति १० ग्राम सुनको रेट १ लाख १९ हजार ४३० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि  बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४७९ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ५४७ रुपैयाँ ५० पैसा पुग्यो । यता, शुक्रबार भने सामान्य घटेर प्रति १० ग्राम १ हजार ५४३ रुपैयाँकायम भएको छ ।

सुनको भाउ यसरी बढ्नुमा मध्यपूर्वको द्वन्द, अमेरिकी डलर मजबुत हुनु, आर्थिक मन्दी तथा चीनले सुनको खरिद बढाउदा यसको माग बढेको हो ।

माग बढेसँगै सुन र चाँदीको भाउ पनि बढेको हो । जब अर्थतन्त्र मन्दीमा जान्छ तब लगानीकर्ताले सुनचाँदी लगायत क्रिप्टो करेन्सीको खरिद बढाउछन् । केही जानकाहरुका अनुसार सुनलाई लगानीकर्ताहरुले रिसेसन प्रुफ मान्ने गरेका छन् ।

यता, स्थानीय बजारमा भने अन्तर्राष्ट्रिय बजारको सीधा प्रभाव पर्ने गर्छ । विश्व बजारमा भाउ बढेकैले नेपाली बजारमा पनि सुन महँगो भएको हो । यसबाहेक स्थानीय बजारको मागका आधारमा पनि मूल्यमा थोरै तलमाथि हुने गरेको छ ।

लगातार भाउ बढेकाले माग भने कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । अत्यावश्यक अवस्थमा बाहेक सुनका गहना किन्नेहरुको संख्यामा कमी आएको व्यापारीको दाबी छ ।

चीन लगायतकाले देशहरुले सुनको भण्डारण बढाएका छन् । यसले पनि माग बढ्न थएको हो । माग बढेकै कारण मूल्य वृद्धि भइरहेको देखिन्छ ।

अहिलेकै अवस्थामा सुनको मूल्य समग्रमा सस्तो हुने देखिएको छैन । अझै मूल्य माथि जान सक्ने सम्भावना रहेको विश्लेषकहरुले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा बताइरहेका छन् ।

himalayan life insurance
igi long