citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज देशका अधिकांश स्थानमा पानी पर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेशको केही स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

मधेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

himalayan life insurance
igi long