citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा रिलायन्स लाइफको सिप विकास कार्यशाला सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वित्तीय सल्लाहकारहरूको लागि सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यशाला भरतपुरको गार्डेन रिसोर्टमा सम्पन्न गरको हो । स्वागत मन्तब्य चितवन एरियाका प्रबन्धक इशा प्रधानले राखकी थिइन् ।

भरतपुर, नारायणगढ, चनौली, टाडी, पर्सा, माडी, गैडाकोट र कावासोती क्षेत्रमा रहेर कम्पनीमा आवद्ध रहेका १०० जना भन्दा धेरै वित्तीय सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका डिपुटी चिफ एजुकेटिभ अफिसर निराजन कडेलको प्रशिक्षण रहेको थियो ।

मानिसको जिवनमा पैसाको महत्व र यसको व्यवस्थापन गर्ने सन्दर्भ लाई कडेलले उदाहरण सहित प्रस्टाएकोमा सहभागीहरू निकै उत्साहित भएका थिए । यी र यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानले मानिसको जीवनमा लागु गर्न सके सकरात्मक परिवर्तन हुने सहभागीहरूले बताए ।

उक्त कार्यक्रममा चितवन एरिया म्यानेजर इशा प्रधान र हेटौंडा एरिया म्यानेजर सुर्य गिरीको समेत उपस्थिति रहेको थियो ।

himalayan life insurance
igi long