citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपियाँ बढेर एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको हो ।

मङ्सिर महिनामा विवाहको लगनको सिजनको भए पनि सुनको कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । त्यसमा सुनको मूल्य उच्च हुनु पनि कारक तत्व बनेको छ । सुनको मूल्य उच्च हुँदा माग बढ्न सकेको देखिँदैन ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यको प्रभाव स्थानीय बजारमा पर्ने गर्छन् । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले इजरायल र हमासको युद्धका कारण साथै अमेरिकाको फेडरल बैङ्कको ब्याजदर नबढाउने नीति कारण गर्दा सुनको मूल्य बढ्न गएको जानकारी दिनुभयो ।

डलर मजबुत भएपछि सुनको मूल्य घट्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दै गएकाले मूल्यमा समेत वृद्धि भएको उहाँको भनाइ छ । रुस, चीन, अमेरिका जस्ता ठुला शक्तिशाली देशहरूले सुनको रिजर्भ बढाएको कारणले पनि मूल्यमा प्रभाव पर्न गएको उहाँको भनाइ छ ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

गत असोज ११ मा प्रतितोला सुनको मूल्य एक लाख नौ हजार छ सय रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा सुनको मूल्य बढ्दै गएको थियो । हाल दैनिक २० किलो सुनको आपूर्ति भइरहेको छ । बजारमा माग उच्च नभएकाले २० किलो सुनले बजार माग धानेको व्यवसायीको भनाइ छ ।

विगतका वर्ष मङ्सिर महिनामा २५ देखि ३० किलो सुन खपत हुने गरेकामा यसपालि मूल्य बढेका कारण र  उपभोक्ताको  क्रयशक्ति  नबढेका कारण सुनको खपत बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

एक वर्षको अवधिमा बजारमा सुनको मूल्य प्रतितोला २० हजार रुपियाँले बढेको छ । गत वर्ष मङ्सिर पहिलो साता सुनको मूल्य ९९ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । यसैबिच चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय रुपियाँ पुगेको तथ्याङ्क छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च रहेको छ ।

gold
himalayan life insurance long ad