stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज साउन १५ गतेदेखि जोशी हाइड्रोपावरले हकप्रद शेयर बिक्री गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज साउन १५ गतेदेखि जोशी हाइड्रोपावरले हकप्रद शेयर बिक्री खुला गर्दैछ । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।

योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।

कम्पनीका शेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो हकप्रदमा भदौ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

हकप्रद शेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ असार ५ गते )६ गते शुक्रबार र ७ गते शनिबार) सम्म कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्। जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari