stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’ सुविधा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’सुविधा ल्याएको छ ।

जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्।

यो सुविधा ग्राहकवर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली भएको र जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुनेछ।

बैंकले ‘इन्स्टा ईएमआई’सुविधा सुरु गर्नुको उद्देश्य ग्राहकवर्गहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको पनि जनाएको छ ।

यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकवर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने बैंकको भनाइ छ ।

सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ।

IME Lifesidebar
kumari