stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सहकारी ऐन, २०७४ को दफा १०३ ङ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

आइतबार प्रकाशित सूचनाअनुसार अध्यक्ष र विज्ञ सदस्य पदका लागि तोकिएको शैक्षिक योग्यता तथा अनुभव पूरा गर्ने उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा १५ वर्षको कार्य अनुभव र विज्ञ सदस्य पदका लागि सोही विषयमा स्नातकोत्तर उपाधिसहित कम्तीमा १० वर्षको अनुभव आवश्यक छ। साथै, उम्मेदवारको उमेर दरखास्त दिने दिनसम्म ६० वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदनसँगै पेश गर्नुपर्ने कागजातहरूमा नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, व्यक्तिगत विवरण, फोटो, दस्तुर बुझाएको रसिद, र व्यावसायिक कार्ययोजना समावेश छन्।

दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८२ साल जेठ २५ गतेसम्म कायम गरिएको छ। सो दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म दरखास्त दिन सकिनेछ।

दरखास्त राष्ट्रिय सहकारी नियमन प्राधिकरण, हरिहरभवन, पुल्चोक, ललितपुरमा पेश गर्न सकिनेछ। दरखास्त दस्तुरको लागि पाँच हजार रुपैयाँ प्राधिकरणको आम्दानी खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

prabhu mahalaxmi
kumari