sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएका छन् । हाल राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ शनिबारदेखि उमेर हदको कारण अनिवार्य अवकाशमा गएका हुन् ।

राष्ट्र बैंकमा आम कर्मचारीलाई ३० वर्षे, निर्देशक तहका कर्मचारीलाई १२ वर्षे, कार्यकारी निर्देशकलाई ७ वर्षे सेवा अवधि तोकिएको छ । त्यस्तै, उमेरहद ५८ वर्षमा समेत अनिवार्य अवकाश पाउने व्यवस्था छ । श्रेष्ठ २७ वर्ष राष्ट्र बैंकमा बिताएर अवकाश भएका हुन् ।

यो अवधिमा उनले राष्ट्र बैंकबाट उच्च अध्ययन, मौद्रिक नीति र केन्द्रीय बैंक‌ सम्बन्धमा तालिम गोष्ठीमा सहभागी हुने अवसर दिलाएको उल्लेख गरे ।

छात्रवृत्तिमा उच्च अध्ययन गर्न जाँदा पनि केन्द्रीय बैंक‌लाई काम लाग्ने समष्टिगत, मौद्रिक र वित्तीय अर्थशास्त्रका विषयमा बढी अध्ययन गरिएको उनले बताए ।

उनले सरकारले गभर्नरको लागि आफूलाई आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा राजीनामा दर्ता गराएको तर, आवश्यक नपर्ने बुझिए पछि राजीनामा निष्क्रिय भएको प्रस्टोक्ति दिए ।

कामु गभर्नरले आफ्नो राजीनामा अस्वीकृत गरेको भन्ने दाबी सत्य नरहेको उनको भनाइ छ । उनले नवनियुक्त गभर्नर सक्षम व्यक्ति भएको समेत बताए ।

आफू अझै सार्वजनिक सेवामा रहेको र यो अवधिमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको बताए ।

सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, बौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने उनले बताए । श्रेष्ठले भने, ुखुला आकाशमा विचरणको पनि मजै आउनेछ।ु

prabhu bank
nawakantipur long