stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते बुधबार ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’ को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख अनुसार सो दिन सम्पूर्ण बागमती प्रदेशमा रहेका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय तथा अन्य निकायहरू बन्द रहनेछन्।

प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”

उक्त विदामा संघीय सरकार अन्तर्गतका निकायहरु सुचारु हुनेछन् भने प्रदेश सरकार मातहतका निकायहरुमा सार्वजनिक विदा हुनेछन् । स्थानीय सरकार, प्रदेश सरकार मातहतका निकायमा विदा कार्यान्वयनमा आउनेछ । संघीय सरकार अन्तर्गतको मन्त्रालय, विभाग तथा अदालत, प्रशासन कार्यालयहरु खुल्ला हुनेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari