stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज नेप्से परिसूचक घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।

आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ०२, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फन्ड शून्य दशमलव २० र निर्जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३८, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ९७, जलविद्युत् शून्य  दशमलव ७४,  लगानी  शून्य दशमलव १३ र  जीवन  बीमा शून्य  दशमलव ११ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, व्यापार शून्य दशमलव ७२ र अन्य समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र सिटिजन सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari