stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा थपियो एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल ल्युब आयलको साढे ९७ लाख कित्ता शेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर थपिएको छ। नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल ल्युब आयलको कुल ९७ लाख ५२ हजार ६५८.०२ कित्ता शेयर थपिएको छ।

जसमा एनएलजी इन्स्योरेन्स ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर र नेपाल ल्युब आयलको १ लाख २१ हजार ४३७.८ कित्ता बोनस शेयर रहेको छ।

एनएलजी इन्स्योरेन्स आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गरेको छ भने नेपाल ल्युब आयलले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

IME Lifesidebar
kumari