stcnepal long ad
ime life insurance
national life
global ime bank long

लन्च भएको ४ महिनापछि सुरु भयो महिन्द्रा बीई ६ को डेलिभरी

नेपालमा कहिले आउला  ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

महिन्द्राले आफ्नो चर्चित इलेक्ट्रिक एसयुभी बीई६ ग्राहकलाई डेलिभरी दिन थालेको छ । गत वर्ष नोभेम्बरमा लन्च गरिएको बीई ६ लाई कम्पनीले ४ महिनापछि डेलिभरी दिन थालेको हो । भारतमा यसको मूल्य १८ लाख ९० हजारदेखी सुरु हुन्छ ।

ईंग्लो प्लेटफर्ममा बनेको सो ईभी ५९ किलोवाट आवर र ७९ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । बीई६ ले एकपटकको फुल चार्जमा ६०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

बीई सब ब्रान्ड अन्तर्गतको पहिलो मोडलका रुपमा आएको यसको डिजाइन बीई.०५ कन्सेप्टमा आधारित छ । इलेक्ट्रिक एसयुभीमा स्लिम र आक्रामक देखिने फ्रन्ट फेसियाको साथ एथलेटिक लुक दिइएको छ ।

पछाडि, एलईडी लाइटबारसंग कनेक्सन गरिएको एलईटी टेललाइटहरू र स्प्लिट रियर स्पोइलर राखिएको छ ।

बीई६ को इन्टेरियरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीको लागि दुईवटा १२।३ इन्चको स्क्रिन, टु–स्पोक स्टेयरिङ ह्वील, हेड–अप डिस्प्ले, वायरलेस चार्जिङ, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, मेमोरी फंक्सन सहितको ड्राइभर सिट, इन–बिल्ट वाइफाइको साथ ५जी कनेक्टिभिटी र १६–स्पिकर हर्मन कार्डन साउन्ड सिस्टम पाउन सकिन्छ ।

बीई ६ नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको एसयुभी हो । भारतीय बजारमा लन्च भएललगत्तै चर्चा पाएको यस ईभी नेपाल आउने विषयमा भने कुनै टुंगो लाग्न सकेको छैन ।

ईभी उत्पादनका लागि महिन्द्रासंग क्षमता कम हुनु र भारतिय बजारको माग पुरा भएपछि मात्र नेपाल पठाउने कम्पनीको रणनितीका कारण बीई६ तत्कालै नेपाल आउने संभावना देखिँदैन ।

IME Lifesidebar
kumari