sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नागरिक लगानी कोषको साधारण सभा असार ३१ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ ।  कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । असार १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।

साधारण सभा,  त्रिभुवन  आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

gold
prabhu bank
nawakantipur long