टेलिकमको नाफा ०.४३ प्रतिशतले खुम्चियो
रिजर्भ कोषमा ७५ अर्ब ४७ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
टेलिकमको गत वर्षको सोही अवधिको भन्दा ०.४३ प्रतिशतले खुद नाफा घटेको हो । गत वर्ष यसले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । टेलिकमको सेवा व्यापारबाट आम्दानी घटेपछि नाफा घट्न पुगेको छ ।
गत वर्ष टेलिकमले सेवा व्यापारबाट २८ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेकोमा यसपटक घटेर २७ अर्ब ३४ करोड रुपैयाँमा झरेको छ । यता, अन्य आम्दानी भने ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७५ अर्ब ४७ करोड रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ ५१९ रुपैयाँ ३० पैसा छ ।
३१ वैशाख २०८०, आइतवार ०७:०७ बजे प्रकाशित