sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मिहेनत गर्नेहरुका लागि बैंकहरु जति पनि लगानी गर्न तयार छन

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मिहेनत गर्नेहरुका लागि बैंकहरु जति पनि लगानी गर्न तयार भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्यको विकासमा बैंकको भूमिका विषयक कार्यक्रममा बोल्दै शाहले सो कुरा बताएका हुन् ।
विभिन्न उत्पादनमुलक र नाफामुल काममा बैंक लगानी गर्न तयार भएको शाहको भनाइ रहेको छ । ‘हामीसँंग पुँंजी छ, तपाईहरुले बुद्धी र मेहेनत गरेर काम गर्नुप¥र्यो, त्यसो भयो भने मात्रै वास्तविक रुपमा सुखी नेपाली समृद्ध नेपालको नारा पूरा हुन्छ,’ शाहले भने ।
दुई तिहाईको स्थिर सरकार भएकाले यो लगानी गर्ने उपयुक्त समय भएको उनको छ । स्थानिय उत्पादनहरुको प्रचार प्रसार गरी तिनीहरुको व्यापार गर्न उनलाई व्यापारीहरुलाई आग्रह गरे । तरकारीमा प्रख्यात भक्तपुरको तरकारी किन संसारको कुनाकाप्चामा पुग्न सकेनन् ? सवैले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको शाहको भनाइ छ ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाीच वैंक र संघका सदस्यहरुलाई व्यवसाय प्रवद्र्धन तथा बैकिंग सेवा सुलभ तवरबाट उपलव्ध गराउने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

gold
nawakantipur long