stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईसी एसिया बैंकले माग्यो इन्ट्री लेभलमा १५० कर्मचारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । एनआईसी एशिया बैंकले उपत्यका भित्र र वाहिरका शाखा कार्यालयको लागि १५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ । बैंकले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५० जना कर्मचारी पदपूर्ति गर्न लागेको हो ।

यो इन्ट्री लेभलको पद हो । यो पदका लागि बिजनेस, फाइनान्स, म्यानेजमेन्ट वा अकाउन्टेन्सीमा कम्तीमा एसएलसीदेखि स्नातक तहसम्म ५० प्रतिशत वा सीजीपीए २.५ ल्याएको हुनु पर्नेछ ।
यस पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् । दरखास्त दिने अन्तिम म्याद आउँदो मार्च ४ तारिखसम्म तोकिएको छ।                                                                                                                      इच्छुक उम्मेदवारले www.merojob.com/nicasiabank मा गएर अनलाइन दरखास्त दिनु पर्नेछ । छनोट भएका उम्मेदवारले बैंकले खटाएको उपत्यका र उपत्यका बाहिरका कुनै पनि शाखा कार्यालयमा काम गर्नु पर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari