नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबारदेखि निरन्तर रूपमा चार दिनसम्म नेप्सेमा गिरावट आएको छ । पछिल्ला तीन कारोबारमा घटिरहेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ ।
बुधबार नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अंकर सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । मङ्गलवार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूह बाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको ०.३९ अंक बढेको छ।
तर विकास वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, बैंक,बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेका छन् ।
नेप्सेमा गिरावट आएपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
तर यता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.०६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।