sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT)  र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश तथा विदेशका अतिथिलाई उत्कृष्ट सेवा दिँदै आएको ५–स्टार होटल मक्र्योर काठमाडौँ सुकेधारा हाइट्स बिचSCT-UPI कार्डका ग्राहकहरूलाई होटेलमा १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात एससीटी–युपिआइ (SCT-UPI) कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मक्र्योर काठमाडौँमा आफ्नो एससीटी–युपिआइ (SCT-UPI) कार्ड मार्फत भुक्तानी गर्नु पर्छ ।

ग्राहकहरूले एससीटी–युपिआइ (SCT-UPI) कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १०% छुट तथा रुमको महसुल दरमा १५% छुट पाउनु हुनेछ । रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ ।

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
र मार्फत

gold
prabhu bank
nawakantipur long