stcnepal long ad
nabil bank
Himalayan bank
national life

रायन इनर्जीले आइपीओ ल्याउने तयारी

बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रायन इनर्जीले आइपीओ ल्याउने तयारी गरेको छ। आइपीओ ल्याउन रायन इनर्जीले ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धकमा नियुक्त गर्दैछ। धितोपत्र बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा माघ २९ गते मंगलबार हस्ताक्षर हुँदैछ।

हस्ताक्षर कार्यक्रम ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा राखिएको छ। कार्यक्रम दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ।

सम्झौतापछि ग्लोबल आइएमई बैंकले रायन इनर्जीको संस्थागत परामर्शदाता रुपमा रहँदै आइपीओ ल्याउनेदेखि सूचीकृत गर्नेसम्मको काम गर्नेछ।

रायन इनर्जी नेपालमा तीनपांग्रे सवारी साधनको एसेम्बल गर्छ। नेपालमा बढ्दो दिगो यातायात सेवाका लागि यो कम्पनीले ब्याट्री स्वाप टेक्नोलोजी र परिचालन प्रवर्तन सेवा उपलब्ध गराउँदै आएको छ।

कार्यक्रममा रायन इनर्जीको उद्देश्यमाथि प्रकाश पारिनेछ। यो सम्झौता हरित भविष्यका लागि एउटा कोशेढुंगा हुने कम्पनीको विश्वास छ।

 

kumari bank
kumari
nawakantipur long