stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।

बैंकले सञ्चालनमा ल्याएको “महालक्ष्मी कल सेन्टर” बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, गा्रहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरु गर्नेछ । बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरुको सम्बोधन गर्नेछ ।

यस अन्तर्गत ग्राहकहरुले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगाना helpdesk@mahalaxmibank.com.np मा इमेल गर्न सक्नेछन् ।

यसबाट ग्राहकहरुको समस्याहरुको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

prabhu mahalaxmi
kumari