citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

एमएडब्लू अर्थ मुभर्सलाई जेसिबीको ‘डिलर अफ द इयर’ अवार्ड

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । जेसिबी इक्यूपमेन्टको नेपालाका लागि आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर’ अवार्ड २०२५ बाट सम्मानित भएको छ । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप एमएडब्लू अर्थमुभर्सलाई दक्षिण एसियाका लागि उक्त अवार्ड दिइएको हो ।

अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने जनाइएको छ । ‘यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि हाम्रा सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू हृदयदेखि नै धन्यवादका पात्र हुन्’ कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोर्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका हुन् ।

नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको कम्पनी भनाई छ ।

 

gold
kumari bank