citizens life insurance long ad
stcnepal long ad

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ करोड घाटा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिले साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको जानकारी दिइएको छ ।

निगमले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार आईओसीबाट २०८३ असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले हाल कायम बिक्री मूल्यलाई निरन्तरता दिइएको छ।

निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पेट्रोलको पहिलो वर्गको मूल्य प्रतिलिटर १९७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १९९ रुपैयाँ र तेस्रो वर्गको २०० रुपैयाँ कायम छ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर रहेको छ।

हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख घाटा हुने जानकारी दिएको छ ।

IME Life
kumari