citizens life insurance long ad
stcnepal long ad

शिवम् सिमेन्टद्वारा ९ प्रतिशत लाभांश घोषणा

कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिवम् सिमेन्टले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । गत विहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात शेयरधनीहरुले पाउने छन् ।

कम्पनीको साधारण सभा पुस २९ गते, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको निर्णय पनि गरेको छ ।

IME Life
kumari