citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकको पुस २५ गते वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा

साधारण सभा प्रयोजनका लागि एनएमबिले पुस ११ गते बुक क्लोज गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाए हो ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

बैंकले १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनका लागि एनएमबिले पुस ११ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

IME Life
kumari