stcnepal long ad
himalayan Everest Insurance long ad

जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने निर्णय

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा हेरिएको छ ।

मस्कोबाट भनिएको थियो कि रुसमा बढीमा ३५० जर्मन अधिकारीहरू मात्र रहन सक्छन्। रुसको यो निर्णयपछि जर्मनीले चारवटा रुसी दूतावास बन्द गर्ने निर्णय गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफर बर्गरले बुधबार मिडियालाई भने, हामीले पाँचमध्ये चार रुसी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेका छौं।

उनले यो कदमको उद्देश्य दुई देशका कर्मचारी र संस्थाको संख्या बराबर राख्नु रहेको बताए । रुसले बोलेका ३५० जर्मन अफिसरमध्ये निजामती कर्मचारी, कूटनीतिज्ञ, विद्यालयका शिक्षक जस्ता व्यक्तिहरू पर्छन्।

१८ जेठ २०८०, बिहीवार ०७:५६ बजे प्रकाशित

NTA long ad