prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

लेबनानमा आर्थिक संकट विरूद्ध प्रदर्शन

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

मध्यपूर्वी मुलुक लेबनान पनि आर्थिक संकट गहिरिंदै गएको छ । बैंकमा राखेको निक्षेप पनि फिर्ता लिन नपाउने अवस्था आएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

अवकाश प्राप्त कर्मचारी र सुरक्षाकर्मीहरु नै बैंकले रकम फिर्ता नदिएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन । राजधानी बेरुतमा बुधबार भएको प्रदर्शनमा झडप समेत भएको छ ।

प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर ढुंगामुढा गर्दै सरकारी मूख्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेका थिए । पछिल्ला दिनहरुमा लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा ९८ प्रतिशतले अवमूल्यन भएको छ ।

आधिकारिक रुपमा एक डलर बराबर १५ हजार लेबनानी पाउण्ड रहे पनि बजारमा सर्वसाधारणले १ डलरका लागि १ लाख ४३ हजार पाउण्ड तिर्नु परेको जनाइएको छ । सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धमा पनि यति ठूलो आर्थिक संकट भोग्नु नपरेको लेबनानको यो संकटलाई अभूतपूर्व भनिएको छ ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरुले बालबच्चाहरु भोकै राख्नु परेको भन्दै आक्रोश पोखेका छन् । लेबनानमा विद्यालयहरु समेत बन्द गरिका छन् । दैनिक उपभोग्य सामग्री र इन्धन खरिदका लागि समेत युद्ध लड्नु पर्ने अवस्था आएको छ ।

९ चैत २०७९, बिहीवार ०८:१६ बजे प्रकाशित

NTA long ad
stcnepal long ad