prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने जनाएको छ ।

नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताउँदै भन्नुभयो, “यसका लागि हाम्रो प्रयास हो मिस नेवा ।”

प्रमुख मानन्धरले यो एक सौन्दर्य प्रतियोगिता मात्र नभएर आफ्नो कला, संस्कृति सिक्ने र देखाउने मौका भएको पनि बताउनुभयो । मिस नेवा नेपाः विजेताले एक लाख प्राप्त गर्नुका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन ।

९ चैत २०७९, बिहीवार ०८:१२ बजे प्रकाशित

NTA long ad
stcnepal long ad