prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

अमेरिकाको केन्द्रीय बैंक रिजर्भले फेरी ब्याजदर बढायो

आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने रिजर्भको चेतावनी

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

अमेरिकामा  बैंकिङ क्षेत्र धरासायी बन्दै गर्दा केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । अर्थतन्त्रमा स्थिरता ल्याउने भन्दै फेडरल रिजर्भले शून्य दशमलव २५ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको हो ।

अहिले पनि अमेरिकी बैंकिङ प्रणाली सुरक्षित रहेको दावी गरेको फेडरलले आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने चेतावनी भने दिएको छ ।

निक्षेपको ब्याजदर बढेसँगै बैंकबाट लिइने ऋण तथा सापटी पनि महँगो हुने भएकाले समग्र रुपमा महँगी बढ्ने जनाइएको छ ।

१ महिनाभित्र सिलिकन भ्याली, सिग्नेचर र फस्र्ट रिपब्लिक बैंक डुबेपछि अमेरिकी अर्थतन्त्र गम्भीर मन्दीतर्फ जान लागेको आशंका भइरहेको बेला फेडले सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेको छ ।

तर अर्थशास्त्रीहरु भने यो वर्ष अमेरिकी अर्थतन्त्रमा शून्य दशमलव ४ प्रतिशत भन्दा बढी वृद्धि नहुने बताएका छन् । आगामी वर्ष पनि आर्थिक वृद्धि निकै सुस्त हुने उनीहरुको प्रक्षेपण रहेको छ ।

९ चैत २०७९, बिहीवार ०८:३६ बजे प्रकाशित

NTA long ad
stcnepal long ad