citizens life insurance long ad
stcnepal long ad

बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा भेटिए

Nimb long ad
Prabhu Insurance Long Ad

बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा रहेको खगोलविद्हरुले दावी गरेका छन् । सौर्य मण्डलमै सबै भन्दा बढी चन्द्रमामा रहेको दावी गर्दै आएका खगोलविद्हरुले बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लागेसँगै बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लगाएको जनाएका हुन् । खगोलविद्हरुले यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा पत्ता लगाएको बताएका थिए ।

अमेरिकाको हवाई र चिलीमा गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ति नयाँ चन्द्रमा पत्ता लागेको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । नयाँ चन्द्रकोमा आकार ०.६ माइलदेखि दुई माइलसम्मका रहेको जनाइएको छ ।

आगामी अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्ने भएको छ । खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् ।

IME Life
kumari