citizens life insurance long ad
stcnepal long ad

नम्बरी सुनको छायाङ्कन सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुनको’ छायाङ्कन सुरु भएको छ। शुक्रबार चलचित्रको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो।

नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, सङ्गीता शर्मा, आशा भारती र अनिता गिरीलगायतका कलाकारको अभिनय रहनेछ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कङ्गना गिरी, विमर्श कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायतका बाल कलाकारको पनि अभिनय रहनेछ।चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दै छन्।

IME Life
kumari