citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रुसबाट युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रुसले सोमबार फेरि युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा गरेको छ । पछिल्ला दुई महिनामा रुसले आठौं चरणको क्षेप्यास्त्र वर्षा गराएको हो ।

सोमबारको आक्रमण पनि उर्जा तथा अन्य भौतिक संरचनामा लक्षित भए पनि चार जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनले कम्तिमा ७० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने रुसले १७ वटा निशानामा प्रहार गरेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट छिमेकी मोल्दोभामा पनि विजुली आपूर्तिमा समस्या आएको बताउनु भएको छ । जेलेन्स्कीले रुसी आक्रमण युक्रेनमा मात्रै नभई त्यस क्षेत्रमै विस्तार भईरहेको दाबी पनि गर्नुभएको छ ।

रुसले नयाँ हमला गर्दैछ भन्ने हल्ला चलिरहेको बेला रुसभित्र वायु सेनाका दुई वटा आधार शिविरमा बम विष्फोट भएलगत्तै रुसले युक्रेनमाथि क्षेप्यास्त्र बर्षाएको हो । रुसले वायु सेनाका आधारमा भएको विष्फोटका लागि युक्रेनमाथि आरोप लगाएको छ ।

विष्फोटबाट तीन जना कर्मचारीको मृत्यु भएको र दुई वटा हल्काखाले विमानमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

himalayan life insurance
igi long