citizens life insurance long ad
stcnepal long ad

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नुवाकोट, देवीघाट शाखा स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बागमती प्रदेशकोे भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो ।

स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा दिने उद्देश्यले बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश,नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा आजबाट संचालनमा ल्याएको छ ।

बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा रहेको थियो । बागमती प्रदेशमा सिटिजन्स बैंकको ५६ शाखाहरु संचालनमा रहेका छन् ।

बट्टारमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेलको आतिथ्यमा नयाँ शाखाको शुभारम्भ भयो ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलज्यूले नुवाकोट स्थित देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको अवस्थामा यहाँको ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा बट्टार शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गर्नुभयोे ।

जटिल अवस्थामा धैर्य धारण गरेर शाखा सञ्चालनमा ल्याएकोमा मुक्तकण्ठले शाखाका कार्यरत कर्मचारीहरूको प्रशंसा गर्नुभयो। उक्त विनाशकारी बाढीले बैंकको देवीघाट शाखा सम्पूर्ण रूपमा पाताल भए पनि कर्मचारीहरू सुरक्षित रहन सफल भएका थिए।

सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको छ ।

उक्त स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायतका स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइनेछ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari