citizens life insurance long ad
stcnepal long ad

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, बोलपत्र आह्वान खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (इजीपी सिस्टम) आजैदेखि सञ्चालनमा ल्याएको छ ।

यसअघि विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि सो कार्यालयले २०८३ साल भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रणाली स्थगित गरेको थियो ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रबाट नयाँ प्रणालीको विकास भइसकेकाले आजैको मितिबाट यसलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरूले नयाँ प्रणाली प्रयोग गरी कार्य गर्नुपर्ने व्यवस्था मिलाइएको छ । सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरूले यस नयाँ प्रणालीमा मात्र दर्ता गर्नुपर्नेछ ।

यो सूचना प्रकाशन भएको मितिदेखि सबै सार्वजनिक निकायहरूले निर्माण कार्य र मालसामान खरिदको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बोलपत्र यसै प्रणाली बमोजिम मात्र प्रकाशन गर्नुपर्नेछ ।

यसैगरी, सबै सार्वजनिक निकायहरूले निर्माण कार्य र मालसामान खरिदको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको प्रस्ताव बोलपत्रदाता तथा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपी मध्ये कुनै एक माध्यमबाट दाखिला गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

सार्वजनिक निकायले बोलपत्रको खोल्नुका साथै मूल्याङ्कन पनि विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नु पर्नेछ । साथै, हार्डकपीमार्फत दाखिला भएका बोलपत्र प्रस्तावको अभिलेख मुचुल्का र मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ ।

IME Life
kumari