stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाइफले नगद लाभांश वितरण गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नगद लाभांश वितरण शुरु गरेको छ । कम्पनीको मंसिर ८ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीको बैंक खातामा पठाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश शेयरधनीले उल्लेख गरेको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ ।

कम्पनीले  साधारण सभा तथा  लाभांश प्रयोजनको लागि  कात्तिक १८ गते बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त नगद लाभांश पाउन योग्य भएका छन्

prabhu mahalaxmi
kumari