stcnepal long ad
ime life insurance
national life
global ime bank long

शान्ति योजना बनाउन युक्रेनका राष्ट्रपतिको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इन्डोनेसियामा जी–२० बैठकमा युक्रेनमा रुसी हमला रोकी शान्ति योजना बनाउन आग्रह गरेका छन् ।

इन्डोनेसियाको बाली टापुमा जारी शिखर सम्मेलनको भिडियो लिंक मार्फत सन्देश पठाउँदै उनले रुसलाई युद्ध रोक्नबाट बाध्य तुल्याउने बताए ।

युक्रेनी सेनाले हालैका हप्तामा पूर्व र दक्षिणमा रुसी सेनाविरुद्ध प्रगति हासिल गरिरहेको सन्दर्भ कोट्याउँदै उनले युक्रेनको एक मात्र क्षेत्रीय राजधानी खेरसोन सहरलाई पुनः कब्जामा लिन सफल भएको धारणा व्यक्त गरे ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत जी–२० का नेताहरूलाई शिखर सम्मेलनमा १० बुँदे शान्ति सूत्र अपनाउन र न्यायपूर्वक र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको आधारमा युद्ध अन्त्य गर्न आह्वान गरे ।

सो सम्मेलनमा विश्वका अन्य नेताहरुले पनि युक्रेन मुद्दालाई प्राथमिकताका साथ उठाउने लक्ष्य लिएका छन् ।

IME Lifesidebar
kumari