काठमाडौं क्षेत्र नं –५ का इश्वरलाई प्रदीप पौडेलको कडा चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले काठमाडौंमा १० क्षेत्र एउटा क्षेत्र मात्रै जित्न सकिने आन्तरिक निष्कर्ष निकालेको थियो ।
एमालेको त्यो जित्न सकिने सुचीमा राखेको क्षेत्र काठमाडौं ५ थियो । जहाँ एमालेका दोस्रो वरियताका नेता वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल चुनाव लडेका छन ।
अघिल्लो निर्वाचनमा करिव दश हजार मतको अन्तरले जितेका पोखरेलको चुनावी अंक गणित अहिले भने परिवर्तन हुँदै गएको छ।
यो क्षेत्रमा कांग्रेसका युवा नेता प्रदिप पौडेलले जित्न सहज माहोल बनेको छ। पहिला एमालेतिर ढल्किएका मतदाता अहिले एमालेसँग मोहभंग भएर कांग्रेस निकट देखिन थालेका छन।
०७४ मा एमालेका इश्वर पोखरेलले २३ हजार २९ मत पाउदा कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष स्व. उज्वल थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।
केहि मत राप्रपा र अन्य दलले पाएका थिए । पोखरेलले ९ हजार ८ सय ६० मतको अग्रता सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
यो परिणाम महावामगठवन्धन र कांग्रेस सहित अन्य दल विच चुनावी प्रतिस्पर्धा हुँदाको थियो ।
गत स्थानीय तहको निर्वाचन २०७९ मा वडा अध्यक्षले पाएको मत हेर्दा एमालेले १९ हजार ७०३,कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकिकृत समाजवादी १ हजार ८२७, माओवादी १ हजार १६८ र जसपाले ५८ मत प्राप्त गरेका छन ।
स्थानिय निर्वाचनकै मत हेर्ने हो भने पनि पोखरेल जम्माजम्मी करिव १८ सय मतले मात्रै अगाडी छन ।
विवेकशिल साझाका उम्मेदवार स्व. थापाले ल्याएको ६ हजार ८५३ मतले नै क्षेत्र नं ५ को नतिजा निर्धारण गर्ने अनुमान गरिएको छ ।
थापाको कोभिड १९ संक्रमणका कारण निधन भइसकेको छ । उक्त मत मध्ये ठूलो हिस्सा कांग्रेसलाई कुरामा स्वयंम एमाले समेत सहमत देखिन्छ ।
अघिल्लो प्रतिनिधि सभामा विवेकशीलका थापाले प्राप्त गरेको करिव ७ हजार मत मध्ये केही मत स्वतन्त्र उम्मेदवारी रहेकी विवेकशील साझाकै पूर्व नेतृ रञ्जु दर्शना न्यौपानेलाई जाने सम्भावन देखिन्छ भने केही मत कांग्रेसमै फिर्ता आउने देखिन्छ ।
यस हिसावले क्षेत्र नं ५ मा पोखरेल सुरक्षित छैनन भन्ने प्रष्ट देखाउँदै गएको छ ।
क्षेत्र नं . ५ का जनता भन्छन – इश्वर पोखरेल यस क्षेत्रमा कमजोरै उम्मेदवार होइनन् तर गठवन्धनले अलिकति मात्र सावधानी र तरिका पुऱ्यायो भने सहजै पराजित हुन्छन ।
पोखरेलसँग चुनावी मुद्दा छैन । स्थानीय निर्वाचनमा एमालेको नाममा देखिएको मत सबै पोखरेलले तान्न नसक्ने यश क्षेत्रका जनताको विश्लेषण छ ।
कांग्रेसका भन्छन(काठमाडौं महानगरपालिका वार्ड नं. ४ मा एमालेका वडा अध्यक्षका उम्मेदवारले ल्याएको ४ हजार ६ सय मत सबै एमालेको होइन ।
त्यसमा कांग्रेसको पनि मत मिसिएको छ ।’ महानगरपालिकाकै अर्को ३ नं . वडामा पनि एमालेमा ठूलो विवाद छ, त्यसको लाभ पनि गठवन्धनलाई पुग्ने कांग्रेसको दावी छ ।
यी दुवै वडा क्षेत्रकै सर्वाधिक मतदाता भएको र एमालेको प्रभाव भएका वडा हुन । टोखा नगरपालिकाको वार्ड नं २ र ३ वडामा पनि कांग्रेस उम्मेदवारलाई संगठित अन्तरघात भएकाले ती दुई वडामा एमालेको मत धेरै देखिएको दावी कांग्रेसका कार्यकर्ताहरूको छ ।
कांग्रेसले स्थानीय नेतालाई उम्मेदवार बनाएमा पोखरेल थप अप्ठ्यारोमा परेका छन ।
के छ यस क्षेत्रको स्थानीय तह निर्वाचनको मत परिणाम ?
– नेकपा (एमाले) : १९ हजार ७ सय ३ मत
–सत्ता गठबन्धन (नेपाली कांग्रेसं एसं माओवादी केन्द्रं लोसपा) : १७ हजार ९ सय ६ मत
–अन्य : ३ हजार २ सय ९३ मत
– स्वतन्त्र : ७ सय ८१ मत
यो मतका आधारमा एमालेको गठबन्धन मतभन्दा २ हजारभन्दा बढी मत सत्ता गठबन्धनको रहेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नाम काठमाडौं ५ को क्षेत्रीय समितिले सर्वसम्मत सिफारिस गरेको थियो तर उनी प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेनन् ।
त्यसपछि डा.महत कांग्रेसबाट उम्मेदवार नहुने निश्चित भएपछि दोस्रो व्यक्तिको खोजी भयो र उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात असोज २२ गते कांग्रेसले युवा नेता प्रदीप पौडेललाई यस क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
अब प्रतिनिधि सभाका लागि पहिलो प्रत्यासी पौडेल र यसै क्षेत्रमा अघिल्लोपटक निर्वाचित एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच चुनावी कडा प्रतिस्पर्धा हुने भएको छ।
प्रदीपले बाजि मार्ने देखिएको छ । पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन् । पोखरेल यस क्षेत्रबाट निर्वाचित निवर्तमान जनप्रतिनिधि हुन ।
त्यसमाथि भर्खरै भएको स्थानीय तह निर्वाचनको मत परिणामले पनी उनी यस क्षेत्रमा बलियो अवस्थामा देखिन्छन् । तर, यी तथ्यलाई मात्रै आधार बनाएर पोखरेलेको जित सुनिश्चित भन्न सकिने अवस्था विल्कुलै छैन ।
पटक–पटक मन्त्री भएका र यही क्षेत्रबाट निर्वाचित भएका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल यो निर्वाचनमा प्रश्न गर्ने ठाउँमा नभइ जवाफ दिने ठाउँमा छन् । त्यसैले पोखरेलको विगतमाथि प्रतिस्पर्धी उम्मेदवारले दर्जनौ प्रश्न उठाएका छन,त्यसको उनले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन ।
अर्कोतर्फ कांग्रेस उम्मेदवार पौडेल अहिलेसम्म संसदीय भूमिकामा पुगिसकेका छैनन् । त्यसैले सत्ता सञ्चालनको भूमिकामा उनले अवसर पाएका छैनन् ।
ईश्वर पोखरेल परीक्षण भइसकेको व्यक्ति हुनु। तर प्रदीप पौडेल अहिलेसम्म कुनै विवादमा पर्नु भएको छैन। पोखरेलले ओम्नीदेखि गोकर्ण फरेष्ट लिजसम्मका काण्डैकाण्डको जवाफ दिनसकेका छैनन।
पोखरेलसँग राज्य सत्तामा बसेर काम गरेको लामो अनुभव छ । उनी २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
२०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका पोखरेल २०६९ मा उपप्रधानमन्त्री सहित परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद मन्त्री बनेका थिए ।
२०७४ को निर्वाचन पछि बनेको ओली नेतृत्वका सरकारमा उनी रक्षामन्त्री थिए । तर त्यस क्षेत्रको विकास निर्माण र रोजगारीमा कुनै देखिने गरि योगदान गरेको देखिन्न। काण्डैकाण्डको विवादमा परेको देखिन्छ।
पछिल्लो कार्यकालमा उनी नेपाल ट्रष्ट ऐन संशोधनको विवादमा तानिए भने ‘कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’मा प्रभावकारी नेतृत्व दिन नसकेको आरोप लागेको छ ।
राजनीतिक आग्रहका आधारमा यी आरोप लागेको होइन, वास्तविकतामै हो भन्न जनताको बुझाइ छ । यो देशमा विवादमा धेरै व्यक्ति परेका छन,यसमा मुख्य व्याक्ति उनी पनि हुन।
पोखरलेकै बलमा नेपाल ट्रष्टको जग्गा विवादमा परेको थियो, यति समुहलाई दिएको थियो। नेपाल ट्रष्टको सम्पत्ति मुफतमा लिजमा दिएर कमिशन खाने काम भएको थियो।
एमाले नेताहरुले पोखरेल विजयी हुने दाबी गरिरहँदा कांग्रेस पनि यस पटक यो क्षेत्रमा पौडेललाई जित निकाल्न अनुकूल भएको बताउँछ ।
कांग्रेसमा प्रायस् हरेक जसो क्षेत्रमा गुटगत राजनीति हुने गरेको लुकेको छैन । तर, यहाँ सबै समूहले पौडेललाई साथ दिने अवस्था बनेको स्थानीय नेताहरुको भनाइ रहेको छ । अहिलेसम्म पौडेलले टिकट पाउँदा कोही असन्तुष्ट देखिएका छैनन्। सबै समूहकोे साथ पाउनु उनको सकरात्मक पक्ष हो ।
यो क्षेत्रमा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी नै छ । काठमाडौं ५ मा मात्रै दल र स्वतन्त्र गरि ३० जनाको उम्मेदवारी परेको छ ।
त्यसैले यी स्वतन्त्र उम्मेदवारहरु पोखरेल र पौडेलका लागि चुनौती बन्न सक्छन् । किनकि स्वतन्त्र भनिए पनि उम्मेदवारी घोषणा गरेका डा. प्रणयशमसेर राणा विगतमा कांग्रेसमा र सुशान्त श्रेष्ठ एमालेमा सक्रिय थिए ।
रा
ष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा गएर भाषण गरेको भन्दै डा। राणालाई कांग्रेसले कारबाही गरेको थियो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध नभई उनले उक्त दलको घण्टी चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका छन् ।
निकट विगतमा कांग्रेसमा रहेकाले उनले त्यही दलको मत बढी काट्ने विश्लेषण हुने गरेको छ । तर सम्भावना त्यस्तो देखिन्न। राणा यही क्षेत्रमा बढे हुर्केका हुन। धेरै समयदेखि यस क्षेत्रका समस्यामा परिचित छन। उनी धेरै मतदाताकहाँ पुगिसकेका छन ।
सबैतिरको मत ल्याएर जित्ने उनको दावी छ । तर उनले एमालेको धेरै मत काटने देखिन्छ। तर, कांग्रेसका स्थानीय नेताहरु नयाँ अनुहारले तात्विक असर नगर्ने बताउँछन् ।
युवापुस्ताको लहर आइरहेको बेला कांग्रेसले यहाँ युवा नै अघि सारेकोले कांग्रेसको मत सहजै बढ्ने उनीहरुको दाबी छ । युवाहरुको चाहना अनुसार उपयुक्त पात्र प्रदीप पौडेल उठेका छन। शालिन र भिजन भएको व्यक्तिलाई कांग्रेसले उम्मेदवार बनाएको छ । यसले युवाहरूमा उर्जा,आशा र भरोसा थपेको छ।
एमाले निकट सुशान्त श्रेष्ठले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । ईश्वर पोखरेलले यहाँबाट जित्दै आएका छन तर क्षेत्रका लागि केही योगदान गरेका छैनन् । पौडेललाई एमाले र कांग्रेस समर्थित सबैको मत आउँने देखिन्छ।
अहिले स्वतन्त्र भनेर उठेकाहरु कुनै न कुनै दल छोडेर आएका हुन् । तिनको विगत सबैलाई थाहा छ, साँच्चै स्वतन्त्र कोही पनि छैनन् । स्वतन्त्रबाट उम्मेदवार बनेकी रञ्जु दर्शना न्यौपाने प्रचारमा लागेकी छन् ।
उनी जन्मेको, हुर्केको तथा अध्ययन गरेको क्षेत्र काठमाडौं ५ भएकोले उनका लागि यो क्षेत्र केही सहज भएको पनि देखिन्छ। तर उनले जित्ने होइन कुन धारको मत काटछिनभन्ने मात्र हो। रञ्जु निर्वाचनका लागि नयाँ अनुहार पनि होइनन् ।
२०७४ मा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर २३ हजार ४३९ लोकप्रिय मत प्राप्त गरेकी थिइन । त्यसैले स्वतन्त्रले जित्ने अवस्था नभएको दाबी गर्दा गर्दै पनि स्थानीय एमाले र काग्रेस कार्यकर्ताको ध्यान रञ्जुतिर पनि छ ।
अन्य दलहरुका विरुद्धमा आरोप प्रत्यारोप नगरी रन्जु आफ्ना चुनावी एजेण्डा सहित प्रचारमा लागेकी छिन, धेरै उम्मेदवारहरु हावा गफ गर्ने, एक अर्काको कुरा काट्ने गर्छन्।
तर रन्जु साधारण परिवारको व्यक्ति भएर निष्ठावान भएर काम गर्न आएकी बताउदै हिडेकी छिन। उनले सबैले खोजेको र रोजेको आफू जस्तै नै उम्मेदवार भएको भन्दै मतदाताले आफ्नो एजेण्डा र प्रतिवद्धता दिएर भोट दिएर जिताउने बताएकी छिन ।
यसै क्षेत्रमा राप्रपाबाट रामप्रसाद उप्रेतीले उम्मेदवारी दिएका छन् । २०५६ र २०७४ सालमा यस क्षेत्रबाट पोखरेल निर्वाचित भए । दुबै संविधानसभा निर्वाचनमा कांग्रेस नेता नरहरी आचार्यले जितेका थिए । २०७४ सालमा पोखरलले कांग्रेस नेता डा.प्रकाशशरण महतलाई पराजित गरेका थिए ।
स्थानीय तहको मतको आधारमा अहिले पनि एमाले पहिलो शक्ति हो । गठबन्धनका अन्य दलको मत जोड्दा समेत एमाले पहिलो बन्छ ।
स्थानीय तहमा एमालेले १९ हजार २२९ मत पाएको छ । कांग्रेसले १४ हजार ५३२, राप्रपाले २ हजार ७३९, एकीकृत समाजवादीले १ हजार ५५३, माओवादी केन्द्रले १ हजार १३९ मत पाएका थिए । काठमाडौं ५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्दछन ।