stcnepal long ad
nabil bank
macchha(MBL)

गाउँको कृषक वर्ग र काेराेनाले नाङ्गिएकाे पूँजिबाद

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

पेसल निरौला–

हामी बाल्यकाल हुँदा कृषि प्रणालीमा सुव्यवस्थित थियाे। जस्तो कुनैपनि उत्पादन धान, मकै, गहु, गाेदाे,फापर आदि उत्पादित कृषिजन्य बस्तु त्यहीँ वर्ष प्रयाेग नगरी त्यसलाई भण्डारण गरि अघिल्लो वर्षको अन्न चलाउने र त्यसलाई अर्का नया खेती भण्डारण गरेपछि चलाउने चलन थियाे।

यसरी गाउँमा उखान जस्तै थियाे।”नया पुरानाेकाे अन्नकाे साटफेर पछि सह आउछ र भाेकमारीले सताउदैन” भन्ने मान्यता थियाे । यसैगरी आफुलाई चाहिने सबै अन्नपात उत्पादन गरि आवश्यक पर्ने लत्ताकपडा, नुन, मट्टीतेलकाे गर्जाे टारि इष्टमित्र र आफ्ना आश्रित समुदाय बालिप्रथामा रहेका बाहुन,कामी, दमाई, मिजार आदिकाे भरणपोषण यसै अन्तर्गत हुन्थ्यो ।

अर्काेतर्फ राई,गुरुङ आदि समुदायका मानिसले आफुलाई चाहिने लत्ताकपडा आफै बुन्ने गर्दथे।यसरी आन्तरिक उत्पादन ,समन्वय र स्वलम्वनमा हाम्रो समाज जीवन्त थियाे। यसैगरी समुदायबादमा आधारित हाम्रा चरन वनजङ्गल गुठि धारा कुलाे पाटी पौवा राेधि राेँपाईकाे आत्मियता अहिले समाप्त नै भइसकेको छ र सार्वजनिक सम्पत्ति माँसेर व्यक्तिले लुट्ने काममा राज्य व्यवस्था नै अग्रसर छ ।

तर अहिले याे काेराना महामारीले अर्थतन्त्रको नाङ्गो तस्बिर उजागर भएको छ। नेपाल अहिले हामी एक महिनादेखि लकडाउनमा गुप्तबाँस बसेका छौँ । संसारमै अहिले अर्थतन्त्रको भयावह तस्बिर आएकाे छ । अमेरिकमा करिब ३० कराेड जनसंख्यामा करिब ३ कराेडले भाेकमारी टार्न आवेदन दिइसकेका छन्।

याे पूँजिबादी संस्कृतिले मानिसलाई लुटि ल्याउने भुटिखाने चरित्र उदाङ्गिएकाे छ । यसैगरी १ बर्षसम्म याे गुप्तबासमा रहने हाे भने काेरानाभन्दा भाेकमारीले मानिस मर्ने देखिन्छ । हाम्रो त्याे गाउकाे परम्परागत चलन हामी आफैले बिनाश गरिसकेका छौ । याे पश्चिमा पूँजिबादकाे पहिलो प्रहार ग्रामीण अर्थतन्त्रमा परेकाे कुरा छर्लङ्ग छ।

यिनिहरूले पहिला कृषिमा र दाेस्रो कृषिजन्य उद्योगमा प्रहार गरि नेपाली अर्थतन्त्रलाई पूँजिबादी व्यवस्थाकाे चरणदास बनाएर नीजिकरण र खुला बजारकाे अन्तर्राष्ट्रिय गीत गाए। याे राष्ट्रद्रोहलाई हामीले प्रजातन्त्रकाे उपलब्धि मान्यौ र मानिरहेका छौँ । अर्थतन्त्रको सामन्य भन्दा सामान्य सिद्धान्त भनेकाे के हाे भने कृषिको आधुनिकिकरणकाे जगमा औद्याेगिकरण हुने र त्यसले राेजगारी सेवा प्रदायकाे अभिवृद्धि गर्दछ र त्यसैका कर वा शुल्क लगाउनुपर्छ ।

तर २०४६ पछि नै कृषि र उद्योगमा अन्तर्राष्ट्रिय संस्थाकाे इशारामा यी दुबै क्षेत्रमा निरन्तर आक्रमण गरि ध्वस्त पारियाे। यहीँ संस्कृतिका कारण व्यक्तिवाद नातावाद आफ्नाे मान्छे मान्ने संस्कृति दिनानुदिन मौलाएको छ।

अहिले राज्य व्यवस्थामा नै हामी र हाम्रो हाेइन तेरो र मेराे संस्कृतिले उदाङ्ग भएको छ। याे पूँजिबादी संस्कृति स्वरुप हाे। राष्ट्र कमजोर पार्ने याे संस्कृतिमा व्यक्ति प्रधान हुन्छ र सामुहिक वा समुहवाद नामेट नगरि याे कदापि अगाडि बढ्न सक्दैन । यसले सुरुमै उत्पादन र त्यसपछि त्यसमा रहेको ज्ञान प्रविधिलाई समाप्त गर्दछ। जुनकुरा नेपालमा चरित्रार्थ भएको छ।

prabhu mahalaxmi
kumari