citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

छुरा प्रहारबाट बेलायतका सांसद डेभिड एम्सको हत्या

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

एजेन्सी । बेलायतका सांसद डेभिड एम्सको हत्या भएको छ । पूर्वी इङ्ल्याण्डको एक चर्चामा बैठकमा सहभागी भएको बेलामा छुरा प्रहारबाट एम्सको हत्या भएको बीबीसीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । वेलफेयर मेथोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आक्रमण भएको समाचारमा जनाइएको छ ।

आक्रमणम थम्भीर घाइते भएका एम्सको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । सो एम्समाथि आतंकवादीहरुले आक्रमण गरेको त्यहाँको सरकारले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तरक्रिया गर्ने सांसद एम्समाथि योजनावद्ध रुपमा हमला भएको प्रहरीको दावी छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले घटनाप्रति दुख व्ज्यक्त गर्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले आतंकवादविरुद्ध फेरि एकजुट हुनुपर्ने बेला आएको पनि बताए ।

एम्स सन् १९९७ देखि साउथेन्ड वेस्टका लागि सांसद निर्वाचित हुनुभएको हो । सन् २०१६ मा पनि लेबर पार्टीका सांसद जो कोक्समाथि उत्तरी इंग्ल्याण्डको निर्वाचन क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।

himalayan life insurance
igi long