citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गत आर्थिक वर्षमा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

जिडिपिमा रेमिट्यान्सको योगदान ३३ प्रतिशत रहेको छ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) नेपालको अर्थतन्त्रको मुख्य हिस्सा बन्दै आएको छ । जिडिपिमा रेमिट्यान्सको योगदान ३३ प्रतिशत रहेको छ।

नेपालका अधिकांश नेपालीको आम्दानी तथा जीवनस्तर उकास्ने मुख्य स्रोत नै विप्रेषण बन्दै आएको तथ्याङ्क रहेको छ ।

सर्वसाधारणको मात्रै नभइ राष्ट्रिय स्तरमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिटयान्स हो । नेपालको बढ्दो परनिर्भरता धान्नका लागि विप्रेषण एक महत्वपूर्ण स्रोत मानिएको छ । यसैगरी विप्रेषण मार्फत आउने रकमले बैंक तथा वित्तीय संस्थाको तरलता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सरकारले बजारमा माग हुँदा आयात हुने वस्तुमार्फत भन्सार राजस्व प्राप्त गर्ने गरेको छ । अर्थात विप्रेषण नेपाली र नेपाल राष्ट्रको आम्दानीको मुख्य स्रोत पनि हो ।

यसैगरी चाडपर्वको समयमा नेपालीको आवश्यकता टार्ने मुख्य स्रोत रेमिट्यान्स नै हो । नेपालमा रोजगारी नपाएर विदेशीनुको पीडा छुट्टै भए पनि आफ्ना परिवारजनका लागि दसैँको समयमा अन्य समयमा भन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् ।

कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, बराईन, साउदी अरवियालगायतका खाडी, मध्यपूर्वी एसियली मुलुक तथा जापान, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकहरु नेपालमा रेमिट्यान्स प्राप्त गर्ने प्रमुख राष्ट्रहरु हुन् । यसैगरी भारत पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुक सूचीहरुको अग्रस्थानमा नै रहेको छ ।

दसैँमा आउने गरेको रेमिट्यान्सको प्रायस् सबै रकम दैनिक उपभोगमै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारी सधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्स मार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ ।

कामको खोजीमा विदेश गएकाहरू भारतबाट रेमिट्यान्स लिएर दसैँमा फर्किने गरेका छन् । तराईका जिल्ला तथा पश्चिम नेपालमा भारतबाट आम्दानी गर्ने नेपालीहरुको संख्या उच्च छ । यसरी विभिन्न मुलुकमा रहेका नेपालीहरूले विप्रेषण पठाएपछि मात्रै अधिकांशलाई दसैँ आउने गरेको छ ।

गत वर्षको दसैँमा नेपालमा ७८ अर्ब ५० करोड विप्रेषण भित्रिएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब २७ करोड रूपैयाँ भित्रिएको देखिन्छ । चालु आर्थिक वर्षमा ८० देखि ९० अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने अनुमान रहेको छ ।

यसैगरी नेपालमा असोज(कार्तिक महिनाको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । यो बेला दसैँ, तिहार तथा छठपर्व लगायतका चाडपर्वहरू पर्ने भएकाले विप्रेषणमार्फत बढी रकम आउने गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष असोज र कात्तिकमा १ खर्ब ५१ अर्ब विप्रेषण भित्रिएको थियो । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ३६ अर्ब ३१ करोड रेमिट्यान्स यही अवधिमा भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको देखिन्छ ।

आर्थिक वर्ष २०७५र७६ मा नेपालमा ८ खर्ब ७९ अर्ब भित्रिएको थियो भने आर्थिक वर्ष २०७६र७७ मा ८ खर्ब ७५ रूपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । यसैगरी कोभिड १९ महामारीका बाबजुद पनि गत आर्थिक वर्ष २०७७र७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो।

यसैगरी विदेशमा हुने नेपालीले बन्दाबन्दीका समयमा आफन्तहरूलाई बढी पैसा पठाएकाले विप्रेषण बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कोरोनाले गन्तव्य मुलुकहरुमा विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या घट्न थालेपछि विप्रेषण घट्ने हो कि भन्ने चिन्ता थियो तर रेमिट्यान्स त्यति धेरै घटेन।

दसैँमा आउने रेमिट्यान्स रकम सबै दैनिक उपभोग्य सामाग्री खरिद र यताउतिमै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारी सधान तथा गरगहनाको खरिदमा रेमिट्यान्स रकम बढी खर्च हुने गरेको पाइन्छ ।

रेमिट्यान्समार्फत आउने रकम दैनिक उपभोग धान्न समेत अपुग भइरहेको छ । गत वर्ष नेपालको १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब बराबरको आयात भएको थियो ।

नेपालबाट निर्यात करिब १ खर्बको हाराहारीमा मात्रै हुने गरेकाले आयात धान्न विप्रेषणका अलावा सार्वजनिक ऋणको समेत उपयोग भइरहेको छ ।

पछिल्ला दसैँमा औसतरूपमा विप्रेषण ७५ अर्ब भित्रिए पनि आयात भने १ खर्बभन्दा बढी हुने गरेको छ । यसबाट दसैँमा आउने रेमिट्यान्स वस्तु खरिदमार्फत बाहिरिने गरेको सोझै अनुमान लगाउन सकिन्छ ।

दसैंमा भड्किलो हिसाबले खर्च नगर्न अर्थ विज्ञहरूको सुझाव रहेको छ । चाडबाडमा अनावश्यक खर्च कटौती गरेर उत्पादनशील क्षेत्रमा लगानी बढाए आम्दानी थपिने उनीहरू बताउँछन् ।

अर्थ विज्ञहरूका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर दोस्रो शेयर बजारमा लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले रेमिट्यान्समार्फत प्राप्त हुने बचतमा थप १ प्रतिशत ब्याजदर दिइरहेका छन् । बैंकहरूले मुद्दती बचतमा १० प्रतिशत भन्दा बढी व्याज दिइरहेका छन। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विप्रेषणबाट प्राप्त हुने निक्षेपलाई राष्ट्र निर्माणमा लगाउने उद्देश्यले उक्त नीति ल्याएको छ ।

यसैगरी अनावश्यक खर्च गर्नुको सट्टा रकम जम्मा गरेर सुनचाँदीलगायतमा लगानी गर्न पनि सकिन्छ । दीगो लगानीको भरपर्दो माध्यम मानिने सुनचाँदी बजार पनि अर्को बचतको माध्यम बनाउन सकिन्छ। सहकारी संस्थाहरूमा शेयर लगानी र बचत गर्न सकिने लगानीको क्षेत्र गाउँ घरमै उपलव्ध छ।

himalayan life insurance
igi long