stcnepal long ad
ime life insurance
national life
global ime bank long

आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको बिहे भा छैन बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीत म्युजिक भिडियो सहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यसको म्युजिक भिडियो रिलीजमा आए लगत्तै दुई लाख ६० हजार बढीले हेरिसकेका छन् भने दर्शकले यसको तारिफ गर्दै सकरात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रुप दिएका छन्।

उनले आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् भने दीपकराज सुनारले त्यस्तै ढंगले नचाएका छन्। पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ।

गीतमा शव्द रचना एसपी सापकोटाको रहेको छ। संगम बुक्स पब्लिकेशनको अध्यक्षसमेत रहेका उनले यसअघि एकै घरका सन्तान हामी, हिजोसम्म नसोचेको जीवन पाएँ आज, सबको भलो कर्म गर्न पाए हुन्थ्यो, मान्छेबाट मान्छे निचाजस्ता सार्थक गीतहरु रचना गरी बजारमा ल्याईसकेका छन्।

कर्म नामक एलबममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाएका छन्। संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ।

गीतकार सापकोटाले चाडबाडमा नाचगान गरेर रमाउन चाहनेहरुका लागि यो गीत राम्रो कोसेली हुने बताए। त्यसै गरी म्युजिक भिडियोका निर्देशक कविराज गहतराजले गीत डान्सिङ शैलीको भएकाले म्युजिक भिडियो पनि सोहीअनुसार तयार पारिएको बताए।

IME Lifesidebar
prabhu mahalaxmi
kumari